कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घन्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ३१ थपिए

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकभर थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २४६ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

२४ घन्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ३१ थपिए

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । २४ घन्टामा काठमाडौं उपत्यकामा ३१ जना संक्रमित थपिएका छन् ।

२४ घन्टामा १११ जना डिस्चार्ज भएका छन् । यो सँगै १४ हजार ६०३ जना कोरोना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमले २४ घन्टामा ८ हजार ८६१ परीक्षण गरिएको बताए ।

थप १ को मृत्यु भएको औपचारिक पुष्टि

पर्साको वीरगन्ज महानगरपालिकाकी ६८ वर्षीया महिलाको शनिबार मृत्यु भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार ज्वरो, खोकी स्वासप्रस्वासमा समस्या भएपछि १४ गते बयोधा अस्पतालमा भर्ना भएकी ती महिलालाई १७ गते शनिबार नारायणीमा रिफर गर्दा बाटोमै मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

नयाँ संक्रमितका जिल्लागत विवरण ।

  • पर्सा ८१
  • काठमाडौं २२
  • सुनसरी १२
  • मोरङ १६
  • धनुषा ३५
  • चिवतन १
  • महोत्तरी ५
  • सर्लाही २
  • बझाङ २
  • डोटी १२
  • कैलाली १०
  • ललितपुर ८
  • बर्दिया १
  • दार्चुला १
  • गोरखा १
  • रौतहट २
  • सिन्धुली १
  • भक्तपुर १
  • कास्की ५
  • बागलुङ १
  • लमजुङ ३
  • स्याङ्जा ८
  • तनहुँ २
  • बर्दिया ९
  • नवलपरासीपूर्व ३
  • रुपन्देही १

प्रकाशित : श्रावण १८, २०७७ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?