३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

१ सय ३७ नेपाली बोकेर हिमालयन एयरको जहाज मलेसियाबाट उड्यो

होम कार्की

काठमाडौँ — मलेसियाबाट एकसय ३७ जना नेपाली कामदार बोकेको हिमालन एयरलाइन्सको  पहिलो उडान बिहीबार भएको छ । जसमा १२ जना महिला छन् ।

हिमालयन एयरलाइन्सको एचनाइन ८९०२ को उडान मार्फत उनीहरु स्वदेश आउँदैछन् । मलेसियाको स्थानीय समय ३:२५ मा मलेसियन विमानस्थलबाट उडेको यो विमान त्रिभुवन विमानस्थलमा ५:३० मा आइपुग्नेछ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले सबैको पीसीआर परीक्षण गरेको बताए । ‘मलेसियाबाट उडान सुरु भयो । यसले स्वदेश फिर्न चाहेको नेपालीलाई आशा जोगाएको छ’, उनले भने,‘अधिकांशको टिकट रोजगारदाताले नै व्यहोरेको छन् ।’

मलेसियाबाट स्वदेश फिर्नको लागि ७ हजार नेपालीले दूतावासमा आवेदन दिएका छन् । ‘कम्पनीले मलेसियाको अध्यागमनबाट एक्जिट पास बनाएकाहरु र नेपाल सरकारले तोकेको प्राथमिकतामा परेकाहरु पहिलो उडानमा छन्,’उनले भने ।

उनले तोकिएको समयमा निरन्तर उडान हुने बताए । ‘टिकट लिने बेला रोजगारदाता वा कामदार आफैंले चेकआउट मेमो (अध्यागमनको एक्जिट पास) भए/नभएको हेर्नुपर्छ,’ उनले भने ।

दोस्रो उडान शनिबार छ । नेपाल एयरलाइन्सले तीन दिन अगाडि मात्रै टिकट बिक्री गर्नका लागि एजेन्टको व्यवस्था गरेको थियो । मालिन्दो र मलेसियन एयरको टिकट भएकोहरु पनि व्यवसायिक उडानको प्रतिक्षामा छन् ।

प्रकाशित : असार ४, २०७७ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?