१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यूएईबाट आएर खरिपाटी क्वारेन्टाइनमा रहेकी एक महिलामा कोरोना

लिला श्रेष्ठ

(भक्तपुर) — युनाइटेड अरब इमिरेट्स (यूएई)बाट नेपाल आएकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यूएईबाट जेठ २३ मा एयर अरेबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट नेपाल आएकी सिन्धुली दुधौली–९ की ३० वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो ।

यूएईबाट आएर खरिपाटी क्वारेन्टाइनमा रहेकी एक महिलामा कोरोना

उनी चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा बसेकी थिइन् । कोरोना भाइरस संक्रमण पुष्टी भएपछि ती महिलालाई मङ्गलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानले बताए । उनको अवस्था सामान्य छ ।

सोही विमानमा आएकी २६ वर्षीया महिलामा जेठ ३० मा कोरोना संक्रमण पुष्टि भएपछि उनकै कन्ट्याक ट्रेसिङमा परेकाको ‘स्वाब’ को नमूना संकलन गरेको थियो । ती महिलालाई पहिलो दिन खरीपाटी क्वारेन्टिनमा राखिएको थियो । दोस्रो दिन जेठ २४ मा मुलपानीको क्वारेन्टिनमा सारिएको जनाएको छ । त्यहीँबाट पीसीआर विधिबाट परीक्षण गर्न नमुना संकलन गरिएको र रिपोर्ट पोजेटिभ आएको हो । ती महिलालाई जेठ ३० मा पाटन अस्पतालमा भर्ना गरेको छ ।

यूएईबाट आएका मध्ये १२ जनालाई खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । जसमध्ये ती महिलामा मात्र कोरोना भाइरस संक्रमण पुष्टी भएको एसपी प्रधानले बताए । अन्य ११ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको भएपनि अन्तराष्ट्रिय मापदण्ड बमोजिम १४ दिन क्वारेन्टाइनमा राख्ने जनाएको छ ।

त्यसैगरी, जेठ ३० (शुक्रबार) कतारबाट आएका १०३ र जापानबाट आएका ४ सहित १०७ जनालाई खरिपाटी क्वारेन्टाइनमा राखेको छ । कुवेतबाट ९ जना बालबालिका सहित १ सय ५० जना नेपाली महिला कामदार आएका मध्ये १ जनामा कोरोना भाइरस पुष्टी भएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखेको हो । जसमध्ये, प्रदेश नम्बर १ को ३७, २ को ३, गण्डकी प्रदेशको ३२, प्रदेश नम्बर ५ का २६ र कर्णाली प्रदेशको ५ जना खरिपाटी क्वारेन्टाइनमा राखेको छ ।

खरिपाटी क्वारेन्टाइनमा ९ बालबालिका समेत छन् । वागमती प्रदेशका ४५ जनालाई भने ललितपुर जावलाखेलस्थित स्टाफ कलेज क्वारेन्टाइनमा राखेको छ ।

प्रकाशित : असार २, २०७७ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?