कोदालो प्रहार गरेर ५ जनाको हत्या

हत्याको आशंकामा एक जना पक्राउ

जेष्ठ २७, २०७७

अमृता अनमोल, घनश्याम गौतम

बुटवल — रुपन्देहीको तिलोत्तमा १० मैनहियामा एक व्यक्तिले कोदालो प्रहार गरेर ५ जनाको हत्या गरेका छन् । गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गएराति प्रहार गरेका हुन् । मृत्यु हुनेमा ४ पुरुष र एक महिला छन् ।

मृत्यु हुने २ जना  श्रीमान्-श्रीमती हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाका अनुसार मृतकको सनाखत गरिएको छ ।

हत्या गरिएकाहरुमा माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, करन चौधरी र आशिष चौधरी रहेका छन् । थापाका अनुसार सबैको घाँटीमा चोट छ । उनीहरु सबैलाई एकैठाउँमा राखेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी थापाले बताए । 

प्रहरीले हत्याको आशंकामा सुर्खेतका करिव ३२ वर्षीय युवक झसेन्द्र सिंजालीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

रुपन्देहीमा एक युवकले गरे ५ जना साथीको हत्या

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully