२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेस 

काठमाडौँ — संविधान संशोधन विधेयक संसदमा पेस भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रतिनिधिसभामा पेस गरेकी हुन् । 

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेस 

प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधान संशोधन विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पास भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेस गरेकी हुन् । कुनै पनि सांसदले उक्त प्रस्तावमा विरोधको सूचना राखेका थिएनन् ।

संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापमा उल्लेख भएको नक्सा नेपालको परिमार्जित वास्तविक नक्साअनुरुप बनाउनुपर्ने भएकाले संविधान संशोधन विधेयक ल्याएको मन्त्री तुम्बाहाङ्फेले संसदमा बताइन् ।


प्रकाशित : जेष्ठ १८, २०७७ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?