भारतीय अतिक्रमणविरुद्ध प्रदर्शनमा उत्रिएका ३ कानुन व्यवसायीसहित विद्यार्थी पक्राउ

वैशाख २८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतले नेपाली भूमि हुँदै तिब्बत जोड्ने सडक बनाएको विरोधमा आइतबार दिउँसो माइतीघरमा प्रदर्शन गरिरहेका ३ जना कानुन व्यवसायी पक्राउ परेका छन् ।

भारतीय अतिक्रमणको विरोधमा माइतीघर मण्डलामा १५ मिनेट मौन उभिएर विरोध प्रदर्शन गरिरहँदा अधिवक्ताहरु सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने र सागर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

त्यस्तै माइतीघरमै प्रदर्शनमा उत्रिएका विभिन्न दलनिकट र स्वतन्त्र विद्यार्थीहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालको दार्चुलाको भूमि प्रयोग गरेर तिब्बत जोड्ने सडक मार्गको उद्घाटन गरेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ । विभिन्न दल तथा दलसम्बद्ध भ्रातृ संगठन तथा नागरिक स्तरबाट समस्या समाधानका लागि आवश्यक कदम चाल्न सरकारलाई दबाब बढिरहेको छ ।

लिपुलेक

कान्तिपुर

Link copied successfully