काठमाडौँ — काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित सनसिटी अपार्टमेन्ट सिल गरिएको छ । अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि सो अपार्टमेन्ट सिल गरिएको हो । उनीहरूलाई अहिले पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । अहिले अपार्टमेन्ट वरपर पूर्ण रूपमा आवतजावत ठप्प पारिएको छ । हेर्नुहोस् सिल गरिएपछिको सनसिटीका तस्बिरहरू :
