महाप्रसाद अधिकारी नयाँ गभर्नर

चैत्र २४, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । 

अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका थिए । भारतको मद्रासबाट चार्टर्ड एकाउन्ट अध्ययन पूरा गरी फर्किएपछि अधिकारी उप-निर्देशक बनेका थिए । 

हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए । डेपुटीबाट अवकाश पाएका उनी केही समयमै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका हुन् । 

प्रधानमन्त्री केपी ओली नेतृत्वको अघिल्लो सरकारले उनलाई बोर्डको सीईओमा नियुक्त गरेको हो । बोर्डमा दुई महिना कार्यकाल बाँकी रहँदै अधिकारी गभर्नर भएका हुन् ।

यो पनि पढ्नुहोस्ः

वैशाख ३ गतेसम्म लकडाउन थपियो

संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस

कान्तिपुर

Link copied successfully