कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुम्बागाउँका बिरामीको जाँच गरेर तत्‍काल सत्य-तथ्य बाहिर ल्याइयोस् : सांसद तामाङ

काठमाडौँ — सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङले जुगल गाउँपालिका-३, गुम्बागाउँमा फैलिएको ज्वरो, रूघाखोकी र स्वासप्रस्वासका बिरामीको परीक्षण गरेर तत्‍काल सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

गुम्बागाउँका बिरामीको जाँच गरेर तत्‍काल सत्य-तथ्य बाहिर ल्याइयोस् : सांसद तामाङ

प्रतिनिधिसभा बुधबारको बैठकमा सांसद तामाङले भने, 'सिन्धुपाल्चोक जिल्लाको जुलग गाउँपालिकामा कोरोना भाइरस फैलिएको भन्ने भ्रम सिर्जना भएको छ । त्यसबारे सत्य-तथ्य छिटो जाँच गरेर जानकारी जनताको बीचमा ल्याइयोस् ।'

सिन्धपाल्चोक कोरोना भाइरसमुक्त जिल्ला भएको बताउँदै समाचार लेखेर भ्रम फैलाइएको उनको आरोप थियो । 'सिन्धुपाल्चोक जिल्ला कोरोना भाइरसमुक्त जिल्ला हो, नेपालमा नै त्यस्तो भाइरस देखिएको छैन । जनतामा भ्रम फैलिएको छ ।'

उनले सरकार समयमा नै सचेत हुनुपर्ने सुझाव दिएका थिए । मौसम परिवर्तन भइरहेकाले बिरामी बढ्ने र त्यसबाट अन्य संक्रमण नहोस् भनेर उनले सरकारलाई सचेत रहन आग्रह गरेका छन् ।


सम्बन्धित समाचारः

प्रकाशित : माघ २९, २०७६ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?