कोरोना भाइरसको संक्रमणबाट बच्न रसुवागढी नाकामा उच्च सतर्कता

नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकमाथि चेकजाँच सुरु

माघ १२, २०७६

कृष्ण थापा

नुवाकोट — चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकमाथि चेकजाँच सुरु गरी उच्च सतर्कता अपनाइएको छ ।

नुवाकोट र रसुवाका स्थानीयलाई उक्त भाइरसको संक्रमण हुन नदिन र शंका लागेमा उपचारका लागि तुरुन्त अस्पताल पठाइने तयारी थालिएको छ । त्यस्ता व्यक्ति वा  पर्यटकमाथि भाइरसको शंका लागेमा रेकर्ड राख्ने र स्वास्थ्य संस्थामा पुर्‍याउने गरी शनिबारबाट डेस्क स्थापना गरको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भइरसको सन्त्रास अन्य मुलुकहरुमा समेत फैलाएको छ ।

कोराेना प्रकाेप

जिल्ला सुरक्षा समितिले कोरोना भाइरसलाई रसुवागढी नाकाबाट आउने पर्यटकको माध्यमबाट नेपाल भित्रिन रोक्नलाई सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइने जनाएको छ । कोरोना भाइरस संक्रमणको सामान्य चेकजाँच गर्ने, शंका लागेमा केन्द्रसँगको समन्वयमा तुरुन्त उपचारमा पठाइने र त्यसता बिरामी पर्यटकको यात्रा अभिलेख राख्ने र चिनियाँ पक्षले समेत चीनको केरुङमा समेत परिक्षण थालिसकेको बताइएको छ । जिल्ला अस्पताल रसुवा, स्वास्थ्य कार्यालय र गोसाइकुण्ड गाउँपालिकाको संयुक्त समन्वयमा निगरानी रहने छ । रसुवागढी नाकाबाट दैनिक ७०–९० जना स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्छन् । 

सम्बन्धित समाचार :

कृष्ण

Link copied successfully