कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

संयुक्त अपरेसनमा १२२ चिनियाँ पक्राउ : चीन

मातृका दाहाल

काठमाडौँ — शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा सोमबार काठमाडौंबाट चिनियाँ नागरिक पक्राउमा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त अपरेसन सञ्चालन गरिएको चीन सरकारले जनाएको छ ।

संयुक्त अपरेसनमा १२२ चिनियाँ पक्राउ : चीन

चिनियाँ विदेश मन्त्रालयले मंगलबार सीमा अपराध र साइबर क्राइममा संलग्न रहेको अभियोगमा उनीहरु पक्रन दुवै देशको प्रहरीको संयुक्त अपरेसन सञ्चालन गरिएको जानकारी गराएको हो ।

मंगलबार चीनको विदेश मन्त्रालयले नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त अपरेसनमा १ सय २२ चिनियाँ नागरिक पक्राउ परेको जानकारी गराएको हो । पक्राउ परेकामाथि ‘क्रसबोर्डर साइबर क्राइम’को अभियोग लागेको चीन सरकारले जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले मंगलबार नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त पहलमा उनीहरु पक्राउ परेको उल्लेख गरेका छन् । पक्राउ परेका सबैविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतले ‘अभद्र व्यवहार’ कसूरमा ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालले १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको बताएको छ ।

'के तपाईँसँग यस विषयमा कुनै विवरण वा टिप्पणीहरू छन् ?' भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा प्रवक्ता गेङले भने, ‘मेरो जानकारीअनुसार सीमापार अपराध, साइबर अपराधलगायत कसूरमा उनीहरुलाई पक्राउ गरिएको हो, यो विषय अनुसन्धानका क्रममा छ । यो चिनियाँ र नेपाली प्रहरीको सहयोगमा सञ्चालन गरिएको एक ठूलो अपरेसन हो । हामी नेपालसँग सीमा अपराधविरुद्ध लड्न र दुई मुलुकबीच मैत्रीपूर्ण आदानप्रदानलगायतका विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी निरन्तर काम गरिरहनेछौं ।’

प्रकाशित : पुस ८, २०७६ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?