कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

काठमाडौंमा राप्रपाको चुनावी सभा शुक्रबार

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्ने भएको छ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौंमा राप्रपाको चुनावी सभा शुक्रबार

आमसभामा उपत्यकाका तीन जिल्ला अन्तर्गत प्रतिनिधिसभाका १५ र प्रदेशसभाका ३० उम्मेदवार गरी ४५ जनाले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम समेत रहेको छ ।

देशका १ सय ४२ प्रतिनिधिसभा र २ सय ८६ प्रदेशसभा क्षेत्रमा उमेदवारी दिएको राप्रपा सबैभन्दा बढी उम्मेदवार उठाउने एमाले पछिको दोस्रो दल हो ।

राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ। राप्रपाले कार्तिक २४ गते एक दिनमै ६ वटा सभाको आयोजना गरेको छ ।

अध्यक्ष लिङ्देन र पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले सिन्धुपाल्चोक, सिन्धुली, सिराहा, मकवानपुर, उदयपुर र सुनसरीको धरानमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

अध्यक्ष लिङ्देन झापा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । अध्यक्षको झापाको चुनावी अभियानलाई दृष्टिगत गर्दै अन्य जिल्लामा चुनावी सभा तय गरिएको र कार्तिक २९ गतेसम्म चुनावी सभा गरिने राप्रपाले जनाएको छ ।

प्रकाशित : कार्तिक २३, २०७९ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?