व्यापारीलाई कोरोना देखिएपछि विशालबजार बन्द

श्रावण ३०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ । व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजार देखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो ।

शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ ।


वडा कार्यालयले विज्ञप्ति जारी गर्दै न्यूरोड क्षेत्रमा कोरोना संक्रमण रहेकाले पसलहरू बन्द गर्न आवश्यक रहेकाे भन्दै साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully