काठमाडौँ — डिजिटल रेमिट्यान्स सेवा प्रदायक ई–सेवा मनी ट्रान्सफरले भ्लालेन्टाइन्स डेको अवसरमा ‘क्यासफुल भ्यालेन्टाइन’ अफर सार्वजनिक गरेको छ ।
यसअन्तर्गत विदेशमा रहेका नेपालीले ई–सेवा वालेटमा रेमिट्यान्स पठाएर आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । यो अफर फेब्रुअरी ७ देखि १४ सम्म सञ्चालन हुनेछ ।
यसमा भाग्यशाली विजेताले दैनिक पुरस्कार १५ हजार, हरेक दिन एक जना विजेतालाई र फेब्रुअरी १४ मा बम्पर पुरस्कारअन्तर्गत ३० हजार रुपैयाँ जित्ने कम्पनीले बताएको छ ।
यस अफअन्तर्गत विदेशमा रहेका नेपालीले नेपालमा रहेका आफ्ना प्रियजनसँग माया बाँड्ने अनमोल अवसर पाउने ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले जनाए ।
