गृहमन्त्रीका अनगिन्ती अपराधजन्य गतिविधि दबाउन सिरोहियालाई पक्राउ : मधेस पत्रकार महासंघ

जेष्ठ ८, २०८१

कान्तिपुर संवाददाता

Sirohia was arrested to suppress countless criminal activities of the Home Minister: Madhes Journalist Federation

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं, थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्स् लिमिटेडको कार्यालयबाटै मंगलबार साँझ बर्दीधारी प्रहरीले पक्राउ गरेको घटनाप्रति मधेस पत्रकार महासंघले घोर निन्दा प्रकट गरेको छ । 

गृहमन्त्री रवि लामिछानेका सहकारी ठगी, दोहोरो राहदानीलगायतका विषयमा निरन्तर समाचार प्रवाह गरिरहेको र उनीउपर कानुनी सजायका निम्ति खबरदारी गरिरहेको कान्तिपुरमाथि राज्यले प्रतिशोध साँध्दै उक्त सञ्चारगृहका प्रमुख व्यक्तिलाई पक्राउ गरी सिंगो सञ्चार क्षेत्रलाई आतंकित पार्ने सरकारको प्रयत्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रतिकुल रहेको मधेस पत्रकार महांघले जनाएको छ। यसले सञ्चारक्षेत्रमाथि विगतमा पञ्चायत तथा शाही सत्ताले समेत हिम्मत गर्न नसकेको बर्बरतापूर्ण व्यवहार प्रदर्शन गरेको महासंघको ठहर छ ।

'समाचारका विषयमा कुनै आपत्ति या प्रतिक्रिया भए त्यसका निम्ति विद्यमान सञ्चार कानुन तथा राज्यद्वारा खडा गरिएको निकायमार्फत प्रस्तुत गर्न सकिने अवस्था हुँदाहुँदै गृहमन्त्रीका अनगिन्ती अपराधजन्य गतिविधि दबाउनका निम्ति यस्तो हर्कत गरिएकोमा कुनै शंका नरहेको महासंघ अध्यक्ष वृजकुमार यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'हाम्रो संगठन सिरोहियाको तत्काल रिहाइ तथा प्रेस क्षेत्रमाथि सिर्जना गरिएको भयपूर्ण वातावरणको अन्त्यका निम्ति सरकारसमक्ष माग गर्दछ ।'

प्रेसविरुद्ध राज्य प्रतिशोध

कान्तिपुर

Link copied successfully