बारामा वडा अधिवेशन भएन

भाद्र १८, २०७८

कान्तिपुर संवाददाता

बारा — बारामा शुक्रबार तोकिएको कांग्रेसको वडा अधिवेशन भएन । क्रियाशील सदस्य थप्ने र नवीकरण विषयमा विवादित यो जिल्लाका सदस्यको नामावली प्रकाशन नभएकाले अधिवेशन हुन नसकेको हो ।

जिल्लाका १६ वटै पालिकाकाका अधिवेशन हुन नसकेको पार्टीका जिल्ला सभापति जयचन्द्र चौरसियाले बताए । ‘निर्वाचन समितिले सदस्यहरुको नामावली प्रकाशन नगरेको र निर्वाचन प्रतिनिधिसमेत जिल्ला नआइपुगेकाले अधिवेशन भएन,’ सभापति चौरसियाले भने, ‘कहिले हुने भन्ने निश्चित छैन ।’ 

अधिवेशन नभएपछि नेता/कार्यकर्ताहरु निराश छन् । जिल्लामा झन्डै ९ हजार सदस्य रहेको पार्टीले जनायो ।

सदस्यता नवीकरण र थप्ने विषयमा पार्टी मुख्यालयमा संस्थापन र इतर पक्षले लामो समयदेखि धर्ना बस्दै आएको थियो । विवादित २४ जिल्लामध्ये बारा पनि एक हो । २४ वटा जिल्लामा भदौ १८ मा तय भएको वडा अधिवेशन हुन नसकेको चौरसियाले बताए । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully