बर्दिया — आइतबार बिहानैदेखि परेको अविरल वर्षाले सुर्खेत जोड्ने बर्दियास्थित रत्न राजमार्गमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।
बर्दियाको बासगढी नगरपालिका-१ झरझरेमा पहिरो खसेकाले यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुधिर शाहीले बताए ।
अहिले सडक खुलाउने प्रयास भइरहेको उनले बताए । बाँकेको कोहलपुर हुँदै बर्दियाको सिमानाबाट सुर्खेत जोड्ने रत्न राजमार्ग हो । वर्षा भइरहेकाले सडक खोल्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।
