पाल्पा र नवलपरासीमा पौडेल समूह हाबी

मंसिर ५, २०७८

कान्तिपुर संवाददाता

पाल्पा — नेपाली कांग्रेसको पाल्पा र नवलपरासीमा सम्पन्न प्रदेशसभा स्तरीय निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह हाबी देखिएको छ । पाल्पाका चार प्रदेश सभापतिमध्ये चारै स्थानमा पौडल समूह विजयी भएको छ भने नवलपरासीका चारमध्ये तीन स्थानमा उक्त समूहले बाजी मारेको छ । दुवै जिल्लामा प्यानल बनाएरै देउवा र पौडेल समूह निर्वाचनमा उत्रिएका थिए ।

पाल्पामा निर्वाचन प्रक्रियाबाट तीन सभापतिको टुंगो लागेको हो भने एक निर्विरोध भएका हुन् । पाल्पा क्षेत्र नं. १ प्रदेशसभा (क) को सभापतिमा रामबहादुर राना, क्षेत्र नम्बर १ (ख) मा युवराज पौडेल, क्षेत्र नम्बर २ (क) मा लक्ष्मी अधिकारी र क्षेत्र नम्बर २ (ख) मा रुक्मांगत भट्टराई निर्वाचित भए ।

नवलपरासी क्षेत्र नं. १ प्रदेशसभा (क) मा वेदप्रसाद शर्मा, क्षेत्र नं. १ प्रदेशसभा (ख) मा अनुरेश कलवार, क्षेत्र नं. २ (क) मा यामप्रसाद भुसाल, क्षेत्र नं. २ (ख) मा रामचन्द्र केवट (चन्दु) सभापतिमा विजयी बने । उनले पौडेल समूहका विनोद पाण्डेलाई १ सय ४३ मतान्तरले पराजित गरेका हुन् ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully