कोरोनाबाट कपिलवस्तुमा ४० वर्षीय पुरुषको मृत्यु

आश्विन २९, २०७७

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१ का ४० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिकाको आइसोलेसन सेन्टरबाट थप उपचारका लागि बुधबार राति भैरहवास्थित भीम अस्पताल लैजाँदै गर्दा ती पुरुषको बाटोमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए । 

ती पुरुषले भैरहवास्थित मेडिकल कलेजमा डेंगुको उपचार गराइरहेका थिए । उनमा बुधबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । 

जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

कोरोना भाइरस

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully