२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मतपत्र ढुवानीको सुरक्षा सेनाले गर्छ : आयोग

काठमाडौँ — निर्वाचन आयोगले मतपत्र ढुवानीको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिइएको जानकारी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्रको ढुवानी संवेदनशील भएकाले सेनालाई जिम्मा दिइएको बताए ।

मतपत्र ढुवानीको सुरक्षा सेनाले गर्छ : आयोग

स्थानीय तह निर्वाचनको सन्दर्भमा बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले अन्य निर्वाचन सामग्रीको सुरक्षा भने प्रहरीले गर्ने बताए । 'मतपत्रसँग नेपाली सेना नै ब्याकअप गरिराखेको हुन्छ,' उनले भने । मतपत्र वैशाख १५ पछि मतदान केन्द्रमा पुग्ने गरी पठाइने पनि उनले बताए । स्थलमार्गबाट मतपत्र पठाउन सम्भव नभएका जिल्लामा हेलिकोप्टरबाट मतपत्र पठाइने तयारी भइरहेको पनि आयोगले जानकारी दिएको छ ।

निर्वाचनका अन्य सामग्री ढुवानीका लागि आयोगले गृह मन्त्रालयलाई पत्र पठाइएको र आवश्यक समन्वय गरी प्रहरीले सुरक्षा प्रदान गर्ने उनले जानकारी दिए । निर्वाचन सामग्री ढुवानीलाई जिपिएसको माध्यमबाट अनुगमन आयोगले गरिरहेको पनि प्रवक्ता पौडेलले बताए । उनले भने, 'निर्वाचन सामग्री ढुवानीमा आयोगको तर्फबाट एक कर्मचारी जानुहुन्छ । कर्मचारीको मोबाइलमा जीपीएस ट्र्याकिङ सिस्टम हुन्छ राखिएको हुन्छ । सामान कहाँ पुग्यो, पुग्नुपर्ने ठाउँमा पुग्यो कि पुगेन भन्ने ट्र्याकिङ आयोगबाट गरिएको हुन्छ,' उनले भने ।

यो पनि

प्रकाशित : वैशाख ८, २०७९ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?