जाडो मौसममा कपालको स्याहार गर्न के गर्नुपर्छ ? के कस्ता बानी बदल्नुपर्छ ?
What you should know
काठमाडौँ — जाडो मौसममा कपालको स्याहार कम हुन्छ । चिसोमा नुहाउने तालिका त बदलिन्छ नै टोपी लगाइराख्ने बानीले पनि कपालको स्याहार कम हुन्छ । घाम कम पर्ने भएकाले पनि कपाल चिपचिपे हुने समस्या देखिन्छ । उचित स्याहारको अभावमा कपालमा टुक्रिने र झर्ने समस्या देखापर्न सक्छ ।
कपालको स्याहार कसरी गर्ने ?
- नियमित सफाइ गर्ने । कडा रसायन भएका स्याम्पु प्रयोग नगरी माइल्ड वा सल्फेट–फ्री स्याम्पु प्रयोग गर्दा केश चिपचिपे हुनबाट बचाउन सकिन्छ ।
- जाडोमा नरिवल, जोजोबा वा बदामको तेल प्रयोग गर्न सकिन्छ । तेलले मसाज गरिसकेपछि केही घण्टा राखेर नुहाइहाल्नुपर्छ । रातभर राख्दा केश चिपचिपे हुन सक्छ ।
- तातोपानीले टाउको धुने बानीले स्काल्पको प्राकृतिक तेल उत्पादन बढाउँछ । चिसो वा मनतातो पानी प्रयोग गर्दा केश स्वस्थ रहन्छ ।
- कन्डिसनर जरामा नलगाई मात्र केशको टुप्पामा लगाउनुपर्छ । तेलयुक्त कन्डिसनरको सट्टा लाइट–वेट कन्डिसनर रोज्न सकिन्छ ।
- बारम्बार कपाल छुने अनि अत्याधिक स्टाइल प्रोडक्ट्सको प्रयोगले चिपचिपे समस्या बढ्न सक्छ ।
- कागतीको रस टाउकोमा लगाउँदा तेल नियन्त्रण गर्न मद्दत गर्छ । नियमित घिउकुमारीको प्रयोगले केश चिपचिपे हुनबाट जोगाउँछ । एप्पल साइडर भिनेगर र पानीको प्रयोग गर्दा फाइदा हुन्छ ।
-तातोपानीको प्रयोगबाट बच्नुपर्छ । मनतातो र चिसो पानीको प्रयोग गर्नुपर्छ । तातोपानीले स्काल्पको प्राकृतिक तेल नष्ट गर्न सक्छ, जसले केशलाई सुक्खा र कमजोर बनाउँछ ।
-हप्तामा एक पटक प्राकृतिक हेयर मास्क (जस्तैः अण्डा, मह, र नरिवल तेल प्रयोग गरिएको) प्रयोग गर्नुपर्छ ।
-चिस्यान कायम राख्न हेयर सिरमको कन्डिसनर प्रयोग गर्न सकिन्छ ।
-कपाललाई कस्सिने गरी बाँध्नु हुँदैन । किनभने यसले कमजोर कपाल झर्न सक्छ ।
-कपालको हाँगा फाट्नबाट रोक्न र स्वस्थ बनाउन नियमित ट्रिम गराउनुपर्छ ।
-प्रोटिन, भिटामिन र ओमेगा–३ फ्याटी एसिडयुक्त खाना खानुपर्छ ।
-पानी पर्याप्त मात्रामा पिउने बानी गर्नुपर्छ ।
-हेयर ड्रायर, स्ट्रेटनर वा कर्लरको प्रयोग एकदमै न्यूनतम गर्नुपर्छ । कपाललाई प्राकृतिक रूपमा सुक्न दिनु उत्तम हुन्छ ।
-कपालमा बढी केमिकल प्रयोग गर्नुहुँदैन । हेयर कलर वा ब्लिचजस्ता केमिकल ट्रिटमेन्ट जाडोमा कम प्रयोग गरेकै राम्रो हुन्छ । आवश्यक परेमा डिप कन्डिसनिङ ट्रिटमेन्ट अपनाउन सकिन्छ ।
-कपालको फोहोर हटाउन हल्का ब्रस गर्नुपर्छ, जसले स्काल्पमा तेलको उत्पादन समान रूपमा हुन्छ ।
सम्बन्धित अन्य समाचार
