विराटनगर — सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये विराटनगरका ३ जना रहेका छन् । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमानमा सवार विराटनगरका सुशान्त कटुवाल, अश्विन निरौला र सागर आचार्यको मृत्यु भएको हो ।
कटुवाल विमानको को–पाइलट, निरौला इन्जिनियर र आचार्य सेफ्टी चिफ हुन् ।
विमानमा एक विदेशीसहित १९ जना सवार थिए । जसमध्ये पाइलट ३७ वर्षीय मनिष शाक्यबाहेक १८ जनाको मृत्यु भएको छ । पाइलट ३७ शाक्यको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । उनीहरू काठमाडौंबाट पोखरा घुम्न हिँडेका थिए ।
बुधबार बिहान ११ बजे काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान केहीबेरमै दुर्घटनामा परेको थियो ।
