मोरङ — नेकपा (माओवादी केन्द्र) प्रदेश १ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । ९ जना पदाधिकारीका लागि २९ जनाको उम्मेदवारी परेको छ । अन्तिममा ७ जना उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षमा लागि हर्कबहादुर नेम्वाङ र मुक्साहाङ मेन्याङ्बो रहेका छन् । ३ उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी कायम छ । जसमा शिवकुमार डाँगी, भोगेन्द्रप्रसाद यादव, पुरुषोत्तम चुँडाल, मणिकुमार साम्पाङ, उर्मिला तामाङ, देवान चाम्लिङ, इन्दीरा मिश्र र मोहनबहादुर खत्री छन् ।
सचिव पदका लागि दुई जनाको उम्मेदवारी रहेको निर्वाचन समितिले जनाएकने छ । जसमा गणेश उप्रेती र सिपी कडरिया छन् ।
३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेदवारी कायम छ । जसमा ऋषिराम ढुंगाना (कुसुम), राजु आचार्य, सन्तोष थारु, हर्क लावती, कुमारी राई, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली, कृष्ण जिमी, दिलकुमार राई, तेजमान कन्दङ्वा र सागर किराती रहेका छन् ।
कोषाध्यक्षका लागि मदनकुमार चुँडाल, रामकुमार कार्की, रेवतराज पुरी र बन्दना झाँगड प्रतिस्पर्धामा छन् ।
मंसिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २७१ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो । पदाधिकारी सहमतिबाट चयन गर्न नसकेपछि निर्वाचनमा गएको हो ।
