प्रदेश १ मा थप १ सय ८१ जनामा कोरोना संक्रमण

आश्विन ११, २०७७

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ मा आइतबार १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १ सय ६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र प्रदेश १ बाहिरका १/१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३० जनामा संक्रमण देखिएको छ । जसमा ५१ महिला र ७९ जना पुरुष रहेका छन् ।

यस प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ३६ पुगेको छ । संक्रमितमध्ये २ हजार ८ सय २५ जना संक्रमित निको भएका छन् भने ६३ जना संक्रमितको मृत्यु भइसकेको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully