मोरङमा थपिए ६२ संक्रमित
मोरङ — प्रदेश १ मा शुक्रबार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २८ महिला र ६७ जना पुरुष छन् । विराटनगर महानगरमा ३३, रंगेली नगरपालिकामा २८ र सुन्दरहरैंचामा १ गरी मोरङमा ६२ जना संक्रमित थपिएका छन् ।
विराटनगरमा संक्रमितको संख्या ४ सय ४७ पुगेको छ । जसमा ६ जनाको मृत्यु भइसकेको छ । मोरङमा ९ जना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीमा २२, झापामा ९ र प्रदेश २ का २ जनामा संक्रमण पुष्टि भएको हो ।
यस प्रदेशमा हालसम्ममा १ हजार ८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १ हजार ७५ जना निको भएर डिस्चार्ज भएका छन् । यस प्रदेशमा शुक्रबारसम्ममा ६२ हजार ६ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।
कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट १२ र मेची अस्पतालको आइसोलेसनबाट १७ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ६ गरी ३५ जना संक्रमित शुक्रबार निको भएर घर डिस्चार्ज भएका छन् ।
