सानीभेरी-५ मा दुई जनाले उम्मेदवारी फिर्ता लिए

मंसिर ५, २०८१

महेश केसी

Two people withdrew their candidature in Saniveri-5

रुकुम पश्चिम — वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५ मा दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

नेकपा एकीकृत समाजवादीका हंशराज पुरी र स्वतन्त्र उम्मेदवार बीरबहादुर बस्नेतले उम्मेदवारी फिर्ता लिएका सहायक निर्वाचन अधिकृत गोविन्द कोइरालाले जानकारी दिए ।

अब यहाँ कांग्रेसका मोतिराम खत्री र माओवादी केन्द्रका जसीराम बस्नेतबीच प्रतिस्पर्धा हुने भएको छ । वडाध्यक्ष पदका उम्मेदवारी दिएको नेकपा एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिएर माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने भएको छ । 

स्थानीय तह उपनिर्वाचन-२०८१

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully