उपनिर्वाचन : रुकुम पश्चिममा दुई जना उम्मेदवारविरुद्ध उजुरी

मंसिर ३, २०८१

महेश केसी

By-election: Complaint against two candidates in Rukum West

रुकुम पश्चिम — वडा अध्यक्षका लागि उपनिर्वाचन हुन लागेको रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ मा दुई जना उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

कांग्रेस उम्मेदवार मोतिराम खत्री र माओवादी उम्मेदवार जसिराम बस्नेतका विरुद्ध उजुरी परेको सहायक निर्वाचन अधिकृत गोविन्द कोइरालाले बताए ।

यहाँ एक पदका लागि ४ जनाको उम्मेदवारी परेकोमध्ये कांग्रेसका तर्फबाट उम्मेदवार बनेका खत्री शिक्षक भएको भनेर उजुरी परेको छ भने माओवादीका तर्फबाट उम्मेदवार बनेका बस्नेतको नाममा रहेको व्यवसायिक फर्मको कर चुक्ता नगरेको भनेर उजुरी परेको छ ।

निर्वाचन कार्यक्रम अनुसार आइतबार उम्मेदवारी दर्ता हुन आएका उम्मेदवारको विरोधमा सोमबार उजुरी परेको हो । अब मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय लिइने सहायक निर्वाचन अधिकृत कोइरालाले बताए । 

स्थानीय तह उपनिर्वाचन-२०८१

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully