स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रेस विज्ञप्ति जारी गर्दै अन्तरंग र आकस्मिक सेवा तथा पूर्वनिर्धारित शल्यक्रिया भने यथावत हुने जानकारी दिएका छन् ।
काठमाडौँ — इन्धन संकटबीच दुई दिन बिदा दिने सरकारको निर्णय सरकारी अस्पतालहरूमा पनि लागू हुने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रेस विज्ञप्ति जारी गर्दै अन्तरंग र आकस्मिक सेवा तथा पूर्वनिर्धारित शल्यक्रिया भने यथावत हुने जानकारी दिएका छन् ।
'...सरकारको 'हप्तामा दुई दिन सार्वजनिक बिदा' को नीतिअनुरूप आइतबारका पूर्व-निर्धारित शल्यक्रियालगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरू सधैँझैँ २४ सै घण्टा सुचारु रहने जानकारी गराइन्छ,' विज्ञप्तिमा भनिएको छ ।
बिदाका दिनहरूमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्मका सेवा प्रदान गर्ने पनि डा. बुढाथोकीले जनाएका छन् । उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्सहरू हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
