अस्पतालहरुलाई सरकारको निर्देशन, 'बिरामीमा निपाह भाइरसको लक्षण देखिए जानकारी दिनुस्'

डब्ल्युएचओका अनुसार निपाह भाइरस लागेका व्यक्तिमा ३ देखि १४ दिनसम्म लक्षणहरु विकास भइसक्छ । यस अवधिमा ज्वरों, टाउको दुख्ने, खोकी, घाँटी दुख्ने, श्वास प्रश्वासमा समस्यालगायत लक्षण देखिनसक्छन् । केही व्यक्तिमा मस्तिष्क सुन्निने पनि हुनसक्छ । गम्भीर अवस्थामा दुविधा, थकान र सिजर पनि हुनसक्छ ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Government instructs hospitals to 'report if symptoms of Nipah virus are seen in patients'

What you should know

काठमाडौँ — निपाह भाइरसको लक्षण देखिएका बिरामी र त्यस्ता लक्षणबाट मृत्यु भएका व्यक्तिको विषयमा जानकारी दिन महामारी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पताललाई निर्देशन दिएको छ । नेपालमा प्राणघातक निपाह भाइरसको संक्रमण फैलनसक्ने संभावनालाई मध्यनजर गरेर महाशाखाले यस्तो निर्देशन दिएको हो । 

भारतको पश्चिम बंगाल राज्यमा संक्रमणका घटना देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । पश्चिम बंगालमा एक साताभित्र कम्तिमा ५ मानिसमा निपाह भाइरस संक्रमण देखिएको छ । त्यस्तै झन्डै १ सय जनालाई क्वारेन्टाइनमा पठाइएको भारतीय मिडियाले जनाएका छन् । 

‘निपाह भाइरस संक्रमण भएका मानिसहरु सीमा नाका हुँदै नेपाल आउने संभावना कम छ  । किनकी संक्रमितहरु प्राय अवस्थामा गम्भीर हुन्छन् र प्राय पैदल या बस यात्रा गर्न सक्दैनन्,’ महाशाखाका डा अमृत पोखरेलले भने, ‘यी बिरामी सीधै अस्पताल आउने संभावना धेरै हुन्छ र हामीले अस्पतालहरुलाई सतर्क रहन भनेका छौं । सीमा नाकामा राखिएको हेल्थ डेस्कलाई पनि यस जोखिमबारे सतर्क गराएका छौं ।’

विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) का अनुसार निपाह भाइरस लागेका व्यक्तिमा ३ देखि १४ दिनसम्म लक्षणहरु विकास भइसक्छ । यस अवधिमा ज्वरों, टाउको दुख्ने, खोकी, घाँटी दुख्ने, श्वास प्रश्वासमा समस्यालगायत लक्षण देखिनसक्छन् । केही व्यक्तिमा मस्तिष्क सुन्निने पनि हुनसक्छ । गम्भीर अवस्थामा दुविधा, थकान र सिजर पनि हुनसक्छ ।

केही घटनामा बिरामीहरु २४ देखि ४८ घण्टासम्म कोमामा पुग्न पनि सक्ने चिकित्सकहरुले बताएका छन् । यस रोगले ज्यान लिने जोखिम ४० देखि ७० प्रतिशतसम्म रहेको डब्ल्युएचओले जनाएको छ । कोरोना भाइरसजस्तै निपाह भाइरस पनि जुनोकिट भाइरस रहेको डाक्टरहरु बताउँछन् । तर, यो कोरोना भाइरसको दाँजोमा यो धेरै प्राणघातक छ । प्रायजसोेः अवस्थामा संक्रमित जनावरमार्फत मानिसमा यो रोग सर्नसक्छ । संक्रमित जनावरको मासु खानाले पनि रोग फैलन्छ ।  चमेरोबाट यो भाइरस धेरैमा सर्ने जोखिम रहन्छ ।

सन् १९९९ मा पहिलोपटक निपाह भाइरसको पहिचान भएको थियो । मलेसिया र सिंगापुरमा संक्रमित सुुगुँरसँगको सम्पर्कमा पुगेका मानिसहरुमा श्वासप्रश्वास र मतिस्ष्क सुन्निने समस्या देखिएको थियो ।

भारतको पश्चिम बंगालमा २००१ मा निपाह भाइरसको महामारी फैलदाँ ६६ जना संक्रमित भएका थिए । ४५ जनाको निधन भएको थियो । सन् २००७ मा फेरि यो महामारी दोहोरियो । यतिबेला ५ जना संक्रमितमध्ये सबैको मृत्यु भएको थियो ।

२०१८ मा केरलामा यस भाइरसले १७ जनाको ज्यान गएको थियो । विज्ञहरुले यस समस्यालाई गम्भीर रुपमा लिइनुपर्ने बताएका छन् ।

‘यो भाइरस अन्य श्वासप्रश्वास सम्बन्धी भाइरसको दाँजोमा धेरै नै प्राणघातक छ,’ शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पताल काठमाडौंस्थित क्लिनिकल रिसर्च युनिटका प्रमुख डा‍‍. शेरबहादुर पुनले भने, ‘यसको प्रारम्भिक होस्ट चमेरो र सुँँगुर हुन् । जो हाम्रो देशमा पाइन्छ । मानिसबाट मानिसमा पनि सर्नसक्छ ।’

समान वातावरण र निकटताका कारण भारतबाट चमेरो सहजै नेपाल छिर्नसक्ने पनि चिकितसकहरुले बताए । त्यस्तै, खुला सिमानाका कारण संक्रमित मानिस समेत छिर्नसक्ने जोखिम छ ।

अहिलेसम्म निपाह भाइरसको उपचारको व्यवस्था छैन । स्वास्थ्यकर्मीहरुले लक्षण हेरेर यसको उपचार गर्ने गरेका छन् ।

सम्बन्धित समाचार 

भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता

कान्तिपुर

Link copied successfully