हामीले हिमालबाहेकका अन्य कथा पर्यटकका लागि विक्री गर्न सकेनौँ : पर्यटन व्यवसायी पहारी

माघ ९, २०८१

कान्तिपुर संवाददाता

We could not sell stories other than Himal to tourists: Tourism businessman Pahari

काठमाडौँ — पर्यटन व्यवसायी प्रतीकराज पहारीले हिमाल चढ्ने कथा बाहेक अन्य पर्यटनको कथाहरू विक्री गर्न नसकिरहेको बताएका छन् । 

कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ विषयक अन्तर्क्रियात्मक कार्यक्रममा उनले नेपाल सुरक्षा दृष्टिले पनि घुम्नयोग्य रहेको कथा पनि विक्री गर्न सक्नुपर्ने बताएका हुन् । 

‘म भारतीय महिला छु र घुम्न मन पर्‍यो । अब के म नेपाल आउन सक्छु ? म के नेपाल आएर जनकपुर एक्लै जान सक्छु ? के एक्लै हाइकिङ गर्न सक्छु ? काठमाडौँ र पोखरा आएर एक्लै बेलुका क्लबिङ गर्न सक्छु ?,’ दोस्रो सत्र ‘साहसिक यात्रा, स्वप्निल गन्तव्य’ मा उनले भने, ‘यी प्रश्नमा नेपालमा गर्न सकिन्छ । स्वतन्त्र र बहादुर जुनै वर्गका महिलाका लागि यी सबै गर्न सकिन्छ । यो सुरक्षाको विषयमा खै त कथा बनेको ?’

यसै गरी नेपाललाई डेस्टिनेसन वेडिङका लागि पनि उपयुक्त गन्तव्य भएकाले यसका कथा समेत बन्नु पर्ने उनले भनाइ राखे ।

‘हिमाल हेरेर डेस्टिनेसन वेडिङ गर्न मन लाग्यो । यसको लागि पोखरा उपयुक्त स्थान हो,’ होटल सरोवर, पोखराका प्रबन्ध निर्देशक पहारीले भने, ‘क्लिफ, माउन्टेन ग्लोरीको कथालाई हामीले भन्न सकेका छौँ ?’ 

कान्तिपुर

Link copied successfully