पर्वत — कुश्मा नगरपालिका–८ चुवामा एउटै गाउँका ९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ । एक साताअघि ज्वरो, रुघाखोकीलगायत लक्षण देखिएको थियो । पीसीआर परीक्षणमा १६ वर्षमुनिका उनीहरूमा संक्रमण देखिएको हो ।
पर्वत अस्पतालका तथ्यांक अधिकृत एवं कोभिड व्यवस्थापन समितिका सूचना अधिकारी प्रवीण भण्डारीका अनुसार असार २० यता विभिन्न मितिमा शंकास्पदहरूको स्वाब संकलन गरिएको छ । ५८ जनाको परीक्षणमा तीन जनामा संक्रमण देखिँदा दुई बालबालिका थिए । २३ गते ६४ जनाको परीक्षणमा ५ बालबालिकासहित १२ जनामा संक्रमण पुष्ट भएको थियो ।
२६ असारमा ५४ जनाको परीक्षण गर्दा ९ जना संक्रमित भएका थिए, जसमा २ बालबालिका थिए । संक्रमित बालबालिकामा वयस्कसरह रुघाखोकी, ज्वरो र शरीर दुख्नेलगायत लक्षण देखिएको छ ।
