गण्डकी प्रदेशका कृषि मन्त्रीलाई कोरोना

कार्तिक १९, २०७७

हरिराम उप्रेती

गोरखा — गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापालाई कोरोना संक्रमण भएको छ ।

पोखरास्थित प्रदेश प्रयोगशालामा भएको स्वाब परीक्षणको क्रममा बुधबार मन्त्री थापालाई कोरोना संक्रमण पुष्टि भएको थापाका स्वकिय सचिव भरत खनालले बताए । 

नेकपा गोरखा जिल्ला अध्यक्ष समेत रहेका थापालाई  स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सोमबार स्वाब लिएर परीक्षणको लागि पठाइएको थियो । 

मन्त्री थापा हाल होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको खनालले बताए । सामान्य रुघाखोकी देखिएदेखि नै भेटघाट बन्द गरेर मन्त्री थापा होम आइसोलेसनमा थिए ।

कोरोना भाइरस

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully