होम आइसोलेसनमा बसेकालाई जथाभावी औषधि सेवन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

कार्तिक १९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई आफूखुसी औषधि सेवन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

बुधबार मन्त्रालयले आयोजना गरेको कोरोना मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह नलिइ कोरोना संक्रमण निको भएकासँग सोधेर औषधि खाने गरेको पाइएको बताए ।

उनले जथाभावी औषधि खाँदा स्वास्थ्यमा नकरात्मक असर पर्ने हुँदा चिकित्सकको सिफारिसमा मात्र औषधि सेवन गर्न आग्रह गरे ।

उनले होम आइसोलेसनमा बस्दा आफूलाई व्यस्त राख्‍न फिल्म हेर्ने, पत्रपत्रिका पढ्ने, किताब पढ्ने जस्ता मन भुलाउन र सिर्जनात्मक काम गर्न सुझाए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully