१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

होम आइसोलेसनमा बसेकालाई जथाभावी औषधि सेवन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई आफूखुसी औषधि सेवन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

होम आइसोलेसनमा बसेकालाई जथाभावी औषधि सेवन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

बुधबार मन्त्रालयले आयोजना गरेको कोरोना मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह नलिइ कोरोना संक्रमण निको भएकासँग सोधेर औषधि खाने गरेको पाइएको बताए ।

उनले जथाभावी औषधि खाँदा स्वास्थ्यमा नकरात्मक असर पर्ने हुँदा चिकित्सकको सिफारिसमा मात्र औषधि सेवन गर्न आग्रह गरे ।

उनले होम आइसोलेसनमा बस्दा आफूलाई व्यस्त राख्‍न फिल्म हेर्ने, पत्रपत्रिका पढ्ने, किताब पढ्ने जस्ता मन भुलाउन र सिर्जनात्मक काम गर्न सुझाए ।

प्रकाशित : कार्तिक १९, २०७७ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?