पहिरोले घर पुरिँदा बागलुङको निसीखोलामा एक जनाको मृत्यु

श्रावण ३१, २०७७

प्रकाश बराल

बागलुङ — शनिबार बिहान निसीखोला गाउँपालिका वडा नम्बर ३ धारखर्कमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

पहिरोले घर पुरिँदा ७२ वर्षीय ओली कामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलतर्फ प्रहरी टोली जाँदै गरेको वडा अध्यक्ष जुनविक्रम शाहीले जानकारी दिए ।

त्यसैगरी शनिबार बिहान निसीखोला गाउँपालिका वडा नम्बर ५ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको थियो । 

बाढी-पहिरो

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully