पोखरा — गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । गण्डकी प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा २५ जना नयाँ संक्रमित थपिएसँगै यो संख्या पुगेको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लोपटक संक्रमित हुनेमा पूर्वी नवलपरासीका २१, तनहुँका दुई, स्याङ्जा र बागलुङका १/१ जना रहेका छन् ।
संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले शुक्रबार बिहान विज्ञप्तिमार्फत जनाएको छ । संक्रमितमध्ये १ सय १ जना निको भएका छन । त्यस्तै स्याङ्जाका दुई जना संक्रमितको मृत्यु भएको छ ।
