प्रशान्त तामाङको शव बागडोग्राबाट दार्जिलिङ लगिँदै

तामाङको आइतबार बिहान हृदयघातका कारण दिल्लीमा निधन भएको थियो ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Prashant Tamang's body being taken from Bagdogra to Darjeeling

विराटनगर — प्रख्यात गायक तथा इन्डियन आइडल सिजन–३ का विजेता प्रशान्त तामाङको पार्थिव शरीर बागडोग्रा विमानस्थलबाट दार्जिलिङतर्फ लगिँदै छ।

तामाङको आइतबार बिहान हृदयघातका कारण दिल्लीमा निधन भएको थियो ।

सोमबार बिहान बागडोग्रा विमानस्थल परिसरमा श्रद्धाञ्जली अर्पण गर्न ठूलो संख्यामा शुभेच्छुक, प्रशंसक, कलाकर्मी तथा स्थानीयको भीड लागेको थियो।

श्रद्धाञ्जलीपछि उनको शव विशेष वाहनमार्फत दार्जिलिङ लगिएको हो। दार्जिलिङ पुगेपछि केही समय गोर्खाल्याण्ड टेरोटेरियल एड्मिनिष्ट्रेसन (जीटीए) अन्तर्गतको सूचना तथा संस्कृति विभागमा राखी सार्वजनिक श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम रहेको तामाङको अन्त्येष्टिमा सहभागी बन्न दार्जिलिङ जाँदै गरेका फिल्मकर्मी राजेश घतानीले जानकारी दिए।

तामाङको अन्त्येष्टि जन्मस्थल दार्जिलिङमै गर्न परिवार र शुभेच्छुक हरुले अनुरोध गरेपछि जीटीएका प्रमुख अनित थापाको दिल्लीबाट तामाङको शव झिकाउन पहल गरेका थिए। 

४३ वर्षीय तामाङको निधनले दार्जिलिङ मात्र होइन, विश्वभर रहेका नेपाली भाषी समुदाय शोकाकुल बनेका छन् । 

याे पनि पढ्नुहाेस्

लाखौं फ्यानलाई रुवाएर गए ‘गोर्खालीको छोरो’

कान्तिपुर

Link copied successfully