अभिमुखीकरण तालिम शुल्क बढेको छैन: वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै हाल कायम रहेको ७०० रूपैयाँमै अभिमुखीकरण तालिम सञ्चालन गर्नुपर्ने जनाएको हो ।

चैत्र १७, २०८२

कान्तिपुर संवाददाता

Orientation training fees have not increased: Department of Foreign Employment

काठमाडौं — वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि सञ्चालन हुने अभिमुखीकरण (ओरिएन्टेसन) तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ । विभागले मंगलबार सूचना जारी गर्दै हाल कायम रहेको ७०० रूपैयाँ शुल्कमै तालिम सञ्चालन गर्नुपर्ने जनाएको हो ।

विभागका अनुसार अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम प्रतिप्रशिक्षार्थी अधिकतम ७०० नै शुल्क तोकिएको छ। केही स्थानमा शुल्कवृद्धि गरिएको भन्ने हल्ला फैलिए पनि त्यसमा कुनै सत्यता नरहेको विभागको भनाइ छ ।

सूचनामा २ दिनसम्म सञ्चालन हुने उक्त तालिमका लागि तोकिएको शुल्कभन्दा बढी लिन नपाइने उल्लेख छ । वैदेशिक रोजगारसम्बन्धी ऐन, नियम तथा कार्यविधिअनुसार सबै तालिम प्रदायक संस्थाहरूले निर्धारित शुल्कमै सेवा दिनुपर्ने विभागले जनाएको छ ।

कुनै संस्थाले तोकिएको भन्दा बढी शुल्क असुलेको पाइएमा कारबाही गरिने चेतावनी दिँदै विभागले त्यस्ता संस्थाको इजाजतपत्रसमेत खारेज गर्न सकिने जनाएको छ । 

विभागले श्रमिकहरूलाई शुल्कसम्बन्धी अनियमितता भएमा सम्बन्धित निकायमा उजुरी दिन पनि आग्रह गरेको छ ।Orientation training fees have not increased: Department of Foreign Employment

कान्तिपुर

Link copied successfully