इन्जिन लिज भुक्तानीबारे प्राधिकरणले निगमसँग माग्यो स्पष्टीकरण

प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड्स डिभिजनले पठाएको पत्रमा निगमले एमआरओ सर्भिस डिभिजनमार्फत लिएको इन्जिन भाडा सम्बन्धी ४२ करोड ४० लाख रुपैयाँको भुक्तानीका विवरणबारे तीन दिनभित्र स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको हो।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

NEA seeks clarification from Corporation regarding engine lease payments

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमसँग इजरायली कम्पनी इजरायल एरोस्पेस इन्डष्ट्रिज लिमिटेड (आईएआई)सँग गरिएको इन्जिन लिज (भाडा) को बाँकी भुक्तानीबारे सोमबार स्पष्टीकरण मागेको छ।

नागरिक उड्डयन प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड्स डिभिजनले पठाएको पत्रमा निगमले एमआरओ सर्भिस डिभिजनमार्फत लिएको इन्जिन भाडा सम्बन्धी ४२ करोड ४० लाख रुपैयाँको भुक्तानीका विवरणबारे तीन दिनभित्र स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको छ।

फ्लाइट सेफ्टी स्ट्यान्डर्ड्स डिभिजनका प्रमुख इन्जिनियर रितेश राज पन्तद्वारा हस्ताक्षरित पत्र अनुसार, इजरायली कम्पनीका प्रतिनिधि शिमोन प्रितासले अक्टोबर २२, २०२५ मा पठाएको इमेलमार्फत कम्पनीले लिजमा लिएको इन्जिन फिर्ता नगरेको जानकारी दिएको थियो।

NEA seeks clarification from Corporation regarding engine lease payments

प्राधिकरणले निगमलाई उक्त भुक्तानी, सम्झौता र इन्जिनको अवस्थाबारे प्राविधिक र वित्तीय दृष्टिले स्पष्ट विवरण र कागजातसहित स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ। यस विषयमा थप अनुगमन र पुनरावलोकनका लागि उक्त इमेल–पत्रको प्रतिलिपि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणका उच्च अधिकारीहरूलाई समेत पठाइएको छ।

कान्तिपुर

Link copied successfully