घिसिङले बाढीको जोखिमका कारण खोला/नदी किनारमा रहेका विद्युत् उपकरण सुरक्षित स्थानमा सार्न भनेका छन्।
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले वर्षाले सडक, सिँचाइ तथा जलविद्युत् आयोजनाका संरचना र उपकरणमा ठूलो क्षति पुर्याउने भएकाले गेट सञ्चालनमा विशेष ध्यान दिन आग्रह गरेका छन्।
ऊर्जामन्त्री घिसिङले खोला/नदी किनारमा रहेका उपकरण सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन्।
उनले सुरक्षा निकायसँग समन्वय गरी विपद्का सूचनामा एकरूपता कायम गर्न र तत्काल अद्यावधिक सूचना सम्प्रेषण गर्न आग्रह गरे।
कर्मचारी तयारी अवस्थामा रहन र उपकरण तयारी अवस्थामा राख्न समेत घिसिङले निर्देशन दिएका छन्।
सम्बन्धित अन्य समाचार
जोखिमयुक्त खोला किनारका बासिन्दालाई एक रातका लागि स्थानान्तरण भएर बस्न मन्त्री घिसिङको आग्रह
