यी हुन् धेरै जोखिम भएको र ‘रेड अर्लट’ जारी भएका जिल्ला

उनले अहिले नेपालको मध्यभागदेखि छिरेको मुनसुन सक्रिय भइरहेको र आज बेलुका सात आठ बजेदेखि भोलि बिहान आठ बजेसम्म अति भारी वर्ष हुने जानकारी गराए ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

These are high risk districts and 'Red Alert' has been issued

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले अति जोखिम र जोखिमयुक्त गरी दुई क्षेत्रमा जिल्लाहरु विभाजन गरेको जानकारी दिँदै सोही अनुरुप सचेत हुन अनुरोध गरेका छन् ।

जोशीले रेड अर्लट जारी भएका जिल्लामा सुनसरी, महोत्तरी, उदयपुर, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, सप्तरी, पर्सा, सिन्धुली, काभ्रे, दोलखा, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक र चितवन रहेको भन्दै यी क्षेत्रमा सरकार एक्सनमा जानुपर्ने बताए ।

उनले बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा भारी वर्षा हुने जानकारी दिए । भौतिक पूर्वाधार तथा ऊर्जामन्त्री कुलमान घिसिङले विपतको तयारीबारे बोलाएको आकस्मिक बैठकमा बोल्दै नदी किनारामा बस्नेहरुले विशेष सचेत हुनुपर्ने बताए । 

उनले अहिले नेपालको मध्यभागदेखि छिरेको मुनसुन सक्रिय भइरहेको र आज बेलुका सात आठ बजेदेखि भोलि बिहान आठ बजेसम्म अति भारी वर्ष हुने जानकारी गराए ।

यस्तै इलाम, झापा, मोरङ, धनकुटा तेह्थुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्वु, संखुवासभा, गोरखा, नवलपरासी, पूर्वी नवलपरासी, रुपन्देही र कपिलवस्तु क्षेत्रमा अलर्ट रहेर भोलि बिहानसम्म ध्यान दिनुपर्ने उनले बताए ।

कान्तिपुर

Link copied successfully