जल तथा मौसम विज्ञान विभाग लगायतका निकायसँग छलफल गरेपछि मन्त्री घिसिङले सर्वसाधारणहरुलाई दुई दिन पर्खेर मात्रै यात्रा गर्न पनि अनुरोध गरेका छन् ।
काठमाडौँ — भौतिक पूर्वाधार तथा ऊर्जामन्त्री कुलमान घिसिङले विपद्को अवस्था बुझेर तत्कालै उद्धारसहित अन्य काममा खटिन मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
उनले कार्यालयमा नबसी र भएका उपकरण उपयोग गरेर उद्धारमा खटिन निर्देशन दिएका हुन् । शुक्रबारदेखि सुरु वर्षा शनिबार पनि निरन्तर रहेको र अझै भारी मात्रामा वर्षा हुने सम्भावना भएकाले उनले जल तथा मौसम विज्ञान विभाग लगायतका निकायसँग छलफल गरेका छन् । छलफलपछि यात्रा गर्ने सर्वसाधारणहरुलाई दुई दिन पर्खेर मात्रै यात्रा गर्न अनुरोध गरेका छन् ।
खोला किनारका बस्तीमा बिहानदेखि जोखिमका खबर भइरहेको भन्दै उनले गृहमन्त्रालयसँग पनि समन्वयन भइरहेको बताए । जोखिमयुक्त खोला किनारका बासिन्दालाई एक रातका लागि स्थानान्तरण भएर बस्न उनले आग्रह गरेका छन् ।
