गोस्वारा आरोपमा मलाई कारबाही गर्न मिल्दैन : घिसिङ 

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

I cannot be prosecuted on Goswara charges: Ghising

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जामन्त्री दीपक खड्काले स्पष्टीकरणमा कसुर यकिन नगरी गोस्वारा आरोपमा कारबाही गर्न नमिल्ने बताएका छन् ।

मन्त्री खड्काले म‌ंगलबार सोधेको दुईबुँदे स्पष्टीकरणको जवाफ बिहीबार बुझाउँदै घिसिङले आफूमाथि लगाइएको सबै आरोप मनोगत रहेकोसमेत बताएका छन् । 

'नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा सर्त तथा सुविधासम्बन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्थामध्ये कुन आरोपमा कारबाही गर्न लागिएको हो ? मन्त्रालयबाट कसुर नै यकिन नभएको स्पष्‍टीकरणबाटै प्रकट भएको छ, घिसिङले पठाएको पत्रमा भनिएको छ, 'स्पष्टीकरणमा कसुर यकिन नगरी गोस्वारा आरोपमा कारबाही गर्न मिल्दैन।'

घिसिङले पुस २८ मा बुझाएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो नभएको भन्दै मन्त्री खड्कालाई प्रश्न गरेका छन् ।'मेरो पूर्वस्पष्‍टीकरण के कति कारण चित्तबुझ्दो भएन ? स्पष्‍टीकरणमा आधार र कारण खुलेको छैन,' घिसिङले पत्रमा भनेका छन्, 'आधार र कारणको अभावमा थप पुस्ट्याइँ पेस गर्ने अवस्था भएन। आधार र कारणको अभावमा उचित प्रतिवादको मौका रहेन ।'

कान्तिपुर

Link copied successfully