‘संघीय भिजनसँग मिल्ने नीति बनाइयो भने विदेश पलायनलाई रोक्न सकिन्छ’

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

If a policy is made that matches the federal vision, migration abroad can be stopped.

काठमाडौँ — बाग्मतीका नीति योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले प्रदेशले पनि संघीय भिजनसँग मेल खानेगरी नीति बनाए विदेश पलायन र नेपालमै दीगो हुने स्थितिको सृजना गर्न सकिने बताएका छन् ।

बिहीबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘चितवन चिन्तन’ कार्यक्रमको तेस्रो सत्र ‘शिक्षा र स्वास्थ्यमा लगानी : चितवनको चिनारी’ विषयका वक्त्ता रहेका उपाध्यक्ष नेपालले उक्त भनाइ राखेका हुन् । 

उनले संघीय कानुनसँग नबाझिने गरी र संघीय भिजनसँगसँगै नीति बनाइएमा नीजि क्षेत्रले लगानी सुनिश्चित भएको महसुस गर्ने, भावी पुस्ता यही क्षेत्रमा दिगो हुने र उपचारका लागि चितवनलाई गन्तव्य हब बनाउन सकिने बताए ।

‘ब्रेन ड्रेन वा ग्लोबल भिलेजमा हामीले यहाँ मान्छे राख्न सकेनौं भने त्यहाँ हाम्रो नीतिमा कमजोरी (ग्याप) होलान् । प्रदेशले बनाएको नीतिले मात्र यसलाई रोक्न सक्दैन,’ उनले भने, ‘संघीय कानुनसँग नबाझिने गरी नीति बनाइयो भने यसलाई सम्बोधन गर्न सकिन्छ ।’

कान्तिपुर

Link copied successfully