मकवानपुरमा ३९ जना कोरोनामुक्त

भाद्र १४, २०७७

सुवास विडारी

मकवानपुर — मकवानपुरमा आइतबार ३९ जना कोरोनामुक्त भएका छन् । हेटौंडा–४ स्थित कर्रा र हेटौंडा–६ स्थित गौरीटार आइसोलेसनमा उपचाररत उनीहरुको २४ घण्टामा दुईपटक स्वाब परीक्षण गर्दा नेगेटिभ नतिजा आएको हो ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु ३९ जनालाई आइतबार बिहान डिस्चार्ज गरिएको हो । ‘कोरोनाको फलोअप परीक्षणका क्रममा उनीहरू कोरोना नेगेटिभ देखिएको हो । कोरोना जितेसँगै उनीहरू आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।’, आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंले भने । 

चौलागाईंका अनुसार हालसम्म मकवानपुरमा हालसम्म १६१ जना कोरोनामुक्त भइरहेका छन् । मकवानपुरका ५०४ जनालाई हालसम्म कोरोना पोजिटिभ देखिएको उनले बताए ।

कोरोना भाइरस

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully