शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षाका भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिजकोर्सका कार्यक्रम सञ्चालनमा रोक लगाएको छ ।
काठमाडौँ — शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षाका भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिजकोर्सका कार्यक्रम सञ्चालनमा रोक लगाएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले सोमबार विज्ञप्ति जारी गरी आगामी वैशाख १ गतेदेखि ती कार्यक्रम पूर्ण रुपमा बन्द हुने जनाएका छन् ।
साथै उच्च तहका विभिन्न तह लक्षित कार्यक्रमहरु प्रचलित कानुन बमोजिम नभए बन्द गर्न निर्देशन दिइएको छ ।
आइतबार मन्त्रालयले विद्यालय तहदेखि उच्च शिक्षाको इन्ट्रान्स र ब्रिजकोर्स बन्द गर्न निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले गरेको निर्णयबाट मन्त्रालय पछि हटेको हो ।
