शिक्षामन्त्रीको निर्णयको विरोधाभास : इन्ट्रान्स र ब्रिजकोर्सका सबै कक्षा बन्द गर्ने निर्णय भएको हो ?

इन्ट्रान्स र ब्रिजकोर्सका कक्षा बन्द गर्ने निर्णयसम्बन्धी मन्त्रालयको विज्ञप्ति वेबसाइटबाटै हटाइएको छ ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Contradiction in the Minister of Education's decision: Has the decision been made to close all entrance and bridge course classes?

What you should know

काठमाडौँ — प्रवेश परीक्षा तयारी कक्षा (इन्ट्रान्स) र ब्रिजकोर्स बन्द गर्ने सरकारको निर्णयप्रति प्रशंसा र आलोचना सुरु भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहका इन्ट्रान्स र ब्रिजकोर्स बन्द गर्ने भन्दै विज्ञप्ति प्रकाशन गरेको थियो ।

क्षणभरमै उक्त निर्णय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलियो । शिक्षामन्त्री सस्मित पोखरेलले उपयुक्त निर्णय लिएको भनेर प्रशंसा हुँदै थियो । मन्त्री पोखरेलले नै कक्षा १२ सम्म मात्रै इन्ट्रान्स र ब्रिजकोर्समा रोक लगाउने निर्णय गरेको भन्दै अर्को सूचना सार्वजनिक गरेपछि मन्त्रीको निर्णयमा विरोधाभास देखिएको भन्दै आलोचना सुरु भएको छ ।

Contradiction in the Minister of Education's decision: Has the decision been made to close all entrance and bridge course classes?

मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले प्रेस विज्ञप्ति जारी गरेर विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय भएको जनाएका थिए । मन्त्रीस्तरीय निर्णय गर्दै २०८३ वैशाख १ गतेदेखि यस्ता कक्षा पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको मन्त्रालयको विज्ञप्तिको व्यहोरा छ । 

प्रवेश परीक्षाका तयारी कक्षा र ब्रिज कोर्सको नाममा विभिन्न संस्थाहरुले सञ्चालन गर्दै आएका कार्यक्रम बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । यस्ता कार्यक्रम सञ्चालन भए अनुगमन गरी प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरिने मन्त्रालयले जनाएको छ ।

Contradiction in the Minister of Education's decision: Has the decision been made to close all entrance and bridge course classes?

‘विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरुले प्रवेश परीक्षा तयारी कक्षा एवं ब्रिज कोर्सका नाममा कार्यक्रम सञ्चालन गर्दै आएको पाइएको छ,' विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पाने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझ समेत पर्न जाने देखिन्छ ।’

मन्त्री पोखरेलले आइतबार साँझ नै जरुरी सूचना जारी गर्दै कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुने सबै प्रकारका इन्ट्रान्स प्रिपेरेसन र ब्रिज कोर्स कक्षा पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जनाएका छन् । उनले निर्णय कक्षा १२ सम्म मात्र लागू हुने दोहोर्‍याए ।

मन्त्रीको सूचनापछि मन्त्रालयले वेबसाइटबाट उक्त विज्ञप्ति हटाएको छ । माधव भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शिक्षामन्त्रीज्यूलाई आफ्नै निर्णय २ घण्टामा घाँडो भएपछि कुरै परिवर्तन गरेछन् ।’

मन्त्रालयका अधिकारीहरु भने मन्त्रीको आशयअनुसार नै विद्यालयदेखि उच्च शिक्षासम्मको इन्ट्रान्स र बिज्र कोर्स बन्द गर्ने निर्णय भएको र त्यहीअनुसार विज्ञप्ति जारी भएको बताए । ‘आशय, निर्णय र बुझाइमा फरक परेको भए सच्याउँछौं,’ ती अधिकारीले भने ।

सोमबार छलफलपछि मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक गर्ने प्रवक्ता सापकोटाले बताए । एसईई परीक्षा दिएपछि विज्ञान, व्यवस्थापन, ए लेभल लगायत विभिन्न विषयमा कक्षा ११ मा भर्ना हुन इन्ट्रास र ब्रिज कोर्सको कक्षा सञ्चालन हुने गरेको छ । कक्षा १२ पछि चिकित्सा शिक्षा, इन्जिनियरिङ, विज्ञान प्रविधि लगायत संकायमा भर्ना तयारीका लागि पनि यस्ता कक्षा सञ्चालन हुने गर्छन् । उच्च शिक्षा अध्ययनका लागि विदेश जान पनि यस्ता पूर्वतयारी कक्षाहरु सञ्चालन हुने गरेका छन् ।

कान्तिपुर

Link copied successfully