शिक्षामन्त्रीको राजीनामा, आत्महत्या गरेका विद्यार्थी परिवारलाई क्षतिपूर्ति र आन्दोलनकारीमाथि कुनै कारबाही अघि बढाउन सीजेपीले माग राखेको थियो । यी सबै माग पूरा भएको सीजेपीका प्रवक्ताले जानकारी दिए ।
नयाँ दिल्ली — भारतको केन्द्र सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि कक्रोच जनता पार्टी (सीजेपी)ले नयाँ दिल्लीको जन्तरमन्तरमा विद्यार्थी आन्दोलन अन्त्य भएको आधिकारिक घोषणा गरेको छ ।
मन्त्रीको राजीनामापछि सरकारका दुई प्रतिनिधिहरू (केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह) ले सीजेपीको प्रतिनिधिमण्डल ( प्रवक्ताद्वय सौरभ दास र अभिषेक रान्का) सँग करिब डेढदेखि दुई घण्टासम्म तेस्रो चरणको वार्ता गरेका थिए ।
वार्ता निष्कर्षमा पुगेपछि कन्स्टिच्युशनल क्लबमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सीजेपीका प्रवक्ता आशुतोष रांकाले भने, 'हाम्रा सबै मागहरू स्वीकार गरिएका छन्। त्यसैले हामी सम्पूर्ण प्रदर्शनकारीहरूलाई तत्काल शान्तिपूर्ण रूपमा आन्दोलन फिर्ता लिन र घर फर्कन अपील गर्दछौं।'
शिक्षामन्त्रीको राजीनामा, आत्महत्या गरेका विद्यार्थी परिवारलाई क्षतिपूर्ति र आन्दोलनकारीमाथि कुनै कारबाही अघि बढाउन सीजेपीले माग राखेको थियो ।
त्यस्तै, सीजेपीले शिक्षा र परीक्षा प्रणालीमा विभिन्न सुधारका मागहरु अघि सारेको छ । । यस विषयमा थप ठोस कार्यका लागि करिब चार सातापछि सरकार र सीजेपीबीच पुनः बैठक बस्ने सहमति भएको छ।
सीजेपीका प्रवक्ता सौरभ दासले सरकारले तय गरेको समयसीमाभित्र सबै सर्तहरू पूरा गर्ने विश्वासका साथ सद्भावपूर्वक आन्दोलन फिर्ता लिइरहेको घोषणा गरेका छन्।
