सिक्किममा सुरुङमा बिस्फोट हुँदा २० को मृत्यु

ज्यान गुमाएका प्रत्येक श्रमिकका परिवारलाई ४ लाख रुपैयाँ र घाइते भएका प्रत्येक व्यक्तिलाई ५० हजार रुपैयाँ राहत दिने राज्य सरकारको घोषणा

श्रावण ६, २०८३

एजेन्सी

20 killed in tunnel explosion in Sikkim

गान्तोक — भारतको सिक्किमस्थित नाम्ची जिल्लामा निर्माणाधीन एउटा सुरुङभित्र शङ्कास्पद मिथेन ग्यास बिस्फोट हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

सोमबार दिउँसो १ बजे बिस्फोट भएपछि समरडुङस्थित 'एनएचपिसी टिस्टा स्टेज ६ जलविद्युत आयोजना' को भत्किएको सुरुङभित्र केही परियोजना अधिकारीहरू सहित २५ जना श्रमिकहरू फसेका थिए ।

उनीहरुमध्ये २० जनाको मृत्यु भएको र फसेका ५ जनाको उद्धार प्रयास जारी रहेको नाम्चीका प्रहरी उपरीक्षक सोनम भाटियाले जानकारी दिए । 

यसक्रममा ज्यान गुमाएका प्रत्येक श्रमिकका परिवारलाई ४ लाख रुपैयाँ र घाइते भएका प्रत्येक व्यक्तिलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा  मुख्यमन्त्री प्रेमसिंह तामाङले गरेका छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीसँग कुराकानी गर्दै स्थितिको जानकारी लिएका छन् । मोदीले केन्द्र सरकारको तर्फबाट हरसम्भव सहयोग गर्ने आश्वासन दिएका छन्।

प्रधानमन्त्रीले पनि मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५०-५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

एजेन्सी

Link copied successfully