सोनम वाङ्चुकलाई मेदान्त अस्पताल लैजान दिल्ली उच्च अदालतले दियो अनुमति

केन्द्र सरकारका तर्फबाट अदालतमा उपस्थित महान्यायाधिवक्ता तुषार मेहताले वाङ्चुकलाई मेदान्त अस्पताल लैजाँदा सरकारलाई कुनै आपत्ति नरहेको बताए ।

श्रावण ५, २०८३

कान्तिपुर संवाददाता

Delhi High Court allows Sonam Wangchuk to be taken to Medanta Hospital

What you should know

काठमाडौँ — दिल्ली उच्च अदालतले सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई मेदान्त अस्पताल सार्न अनुमति दिएको छ । मंगलबार अदालले वाङ्चुकलाई सफदरजंग अस्पतालबाट मेदान्त लैजान अनुमति दिएको छ । 

लाइभ ल हिन्दीका अनुसार अदालतले चिकित्सकहरूको सुझावअनुसार वाङ्चुक लामो समयदेखि अनशनमा रहेकाले उनको स्वास्थ्यको निरन्तर निगरानी हुनुपर्ने बताएको छ । 

दिल्ली उच्च अदालतका मुख्य न्यायाधीश देवेन्द्रकुमार उपाध्याय र न्यायाधीश तेजस करियाको इजलासले वाङ्चुककी पत्नी डा. गीताञ्जलि आंग्मोको रिटमा सुनुवाइ गरेको हो ।

गीताञ्जली वाङ्चुकलाई निजी अस्पताल लैजान अनुमति नदिने यसअघिको एकल इजलासको आदेशविरुद्ध पुनरावेदनमा गएकी थिइन् । सुनुवाइका क्रममा अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स), सफदरजंग अस्पताल र वाङ्चुकका निजी चिकित्सकको रायमाथि विमर्श गरिएको 'लाइभ ल'ले उल्लेख गरेको छ ।

'रिपोर्टहरू र चिकित्सकहरूसँगको छलफलपछि वाङ्चुकलाई निरन्तर निगरानी आवश्यक रहेको स्पष्ट भएको छ । डा. टन्डनको रायअनुसार उहाँलाई अस्पतालमै निगरानीमा राखिनुपर्छ । वाङचुकले लेखेको पत्रमा व्यक्त चिन्ताहरूलाई पनि ध्यानमा राख्नुपर्छ । त्यसैले उहाँकै इच्छाअनुसार उहाँलाई मेदान्त अस्पताल पठाउने प्रस्ताव राखेका छौं,' अदालतले भनेको छ ।  

केन्द्र सरकारका तर्फबाट अदालतमा उपस्थित महान्यायाधिवक्ता तुषार मेहताले वाङ्चुकलाई मेदान्त अस्पताल लैजाँदा सरकारलाई कुनै आपत्ति नरहेको बताए । उनले चिकित्सकको सल्लाहविपरीत वाङ्चुक अस्पतालबाट निस्कन भने नहुने बताए । 

अनिश्चितकालीन भोक हडतालमा बसेका शिक्षाविद् तथा वातावरण अभियन्ता वाङ्चुकलाई शनिबार दिल्ली प्रहरीले अनशनस्थलबाटै अस्पताल लगेको थियो । त्यसपछि सोमबार कक्रोच जनता पार्टीले जन्तर मन्तरबाट संसद् भवनसम्म मार्च आह्वान गरेको थियो । तर सुरक्षाकर्मीले बीचमै धरपकडसहित अवरोध गरेको थियो । 

कान्तिपुर

Link copied successfully