विश्‍व एआई सहयोग संगठन स्थापना सम्झौतामा हस्ताक्षर, २९ देश संस्थापक सदस्य रहने

चीनमा आयोजित सन् २०२६ को विश्व एआई सम्मेलन तथा 'ग्लोबल एआई गभर्नेन्स' सम्बन्धी उच्चस्तरीय बैठकको अवसरमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

श्रावण १, २०८३

एजेन्सी

Agreement to establish World AI Cooperation Organization signed, 29 countries to be founding members

काठमाडौँ — विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई) सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताका सर्तहरू अनुसार 'वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स कोअपरेशन अर्गनाइजेसन' एउटा स्वतन्त्र अन्तरसरकारी अन्तर्राष्ट्रिय सङ्गठन हुनेछ । यसको मुख्यालय साङ्घाईमा रहने छ ।

चीनमा आयोजित सन् २०२६ को विश्व एआई सम्मेलन तथा  ग्लोबल एआई गभर्नेन्स” सम्बन्धी उच्चस्तरीय बैठकको अवसरमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

चिनियाँ विदेश मन्त्री वाङ्ग यीले चीन. कजाकिस्तान, लाओस, पाकिस्तान, रूस र इन्डोनेसियासहित २९ वटा देशका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएका छन् । 

हस्ताक्षर समारोहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस लगायत विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी थिए ।

सम्झौता अनुसार, नव गठित सङ्गठनले संयुक्त राष्ट्र सङ्घको बडापत्रको उद्देश्यलाई समर्थन तथा आत्मसाथ गर्नेछ । त्यस्तै, सार्वजनिक लाभका लागि आवाश्यक परामर्श र संयुक्त योगदानलाई बढावा दिई जनकेन्द्रित दृष्टिकोणबाट सञ्चालित हुनेछ ।

सङ्गठनको उद्देश्य अन्तर्राष्ट्रिय सहयोग र विश्वव्यापी शासनलाई सुदृढ पारी एआईलाई फाइदाजनक, सुरक्षित र निष्पक्ष भएको सुनिश्चित गर्नु तथा सम्पूर्ण मानवताको फाइदाको लागि यसको स्वस्थ र व्यवस्थित विकासलाई बढावा दिनु रहेको छ । 

एजेन्सी

Link copied successfully